नमस्कार !
तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
About This Video :
फोटोको रुपमा रहेको लेखलाई Edit गर्न सकिने बनाउनुहोस् | Convert non-Editable To Editable Text |Nepali
कतिपय अवस्थामा छापिइसकेका सामग्रीहरुलाई व्यक्तिगत प्रयोजनका लागि पुन: टाइप गर्नुपर्ने अवस्था आउँछ, अथवा ईन्टरनेटबाट डाउनलोड गरिएका पीडिएफ फाइलहरुलाई सम्पादन गरि आफूअनुकुल गराउनुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा हाम्रो अमूल्य समय नष्ट भैरहेको हुन्छ । तर तपाईंले गुगोल डक चलाउन जान्नुभयो भने यसको मद्दतबाट त्यो समय बचत गर्न सक्नुहुनेछ ।
यस भिडियोमा गुगोल डक कसरी चलाउने र यसको सहाराबाट कसरी फोटो वा PDF का रूपमा रहेका लेख रचनाहरुलाई आफूअनुकुल बनाइ प्रयोग गर्ने भन्ने कुरा सिकाइएको छ ।
आफ्नो अमूल्य समय बचत गर्न र नवीनतम प्रविधीको जानकारी लिन यो भिडियो तपाईंका लागि महत्त्वपूर्ण रहेको छ ।
यसको मद्दतबाट शिक्षकहरूले सजिलैसँग शैक्षिक सामग्री वा सन्दर्भ सामग्री निर्माण गरि प्रभावकारी शिक्षण गर्न सक्नुहुनेछ भन्ने लक्ष्य राखिएको छ ।
यो बहुउपयोगी विषय जानकारी हासिल गरि आफ्ना कामलाई सजिलै सम्पन्न गर्न सक्नुहोस् भनी यो भिडियो निर्माण गरिएको हो ।
तपाईंले दिनुभएको प्रतिक्रियाअनुसार आगामी दिनमा विषयवस्तुमा अझै सुधार गर्दै लगिनेछ ।
भिडियो हेरेपछि सेयर गरि सबै समक्ष पुर्याउन नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा धन्यवाद !
यस्तै नयाँ नयाँ जानकारी मूलक भिडियो प्राप्त गर्न हामीलाई सब्स्क्राइब गर्नुहोला । साथमा नोटिफिकेशन अन पनि गर्नुहोला ।
#nepalibook
#convert
#picturetoeditabletext